सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सन्जोगको ह्याट्रिकमा थ्रीस्टारको सानदार जित

शनिबार, १८ माघ २०७६, १५ : ०२
शनिबार, १८ माघ २०७६

काठमाडौं । ललितपुरको थ्रीस्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबविरुद्ध सानदार जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले रेलिगेसनमा रहेको सरस्वती युथ क्लबलाई ४–० गोलले हरायो । 

थ्रीस्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरे । जारी लिगमा सन्जोगको यो पहिलो ह्याट्रिक हो । अर्को गोल लाल रामवाले गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थ्रीस्टारले सबै गोल दोस्रो हाफमा गरेको थियो । भारतीय खेलाडी लाल रामवाले ४९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । 
सन्जोगले ५७औं, ६०औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । म्यान अफ दी म्याच भएका सन्जोगले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ । थ्रीस्टारले १० खेलबाट १७ अंक बनाएको छ । समाना खेलबाट चार अंक बनौको सरस्वती अन्तिममा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप