मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसबारे बारामा जनचेतना जगाउँदै प्रहरी

शनिबार, १८ माघ २०७६, १५ : ०७
शनिबार, १८ माघ २०७६

कलैया । समुदाय–प्रहरी–साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाराले शनिबार कोरोना भाईरसविरुद्ध बृहत जनचेतना मुलक ¥याली तथा कोणसभा आयोजना गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक विकासराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा कोरोना भाइरसबाट सुरक्षित हुन अपनाउनु पर्ने सावधानीबारे जनचेतना अभिवृद्धि गराइएको थियो ।
-यालीमा सहभागी विद्यार्थीहरुले जनचेतनामुक पम्प्लेट बोकेका थिए ।

-यालीपछि आयोजित कोणसभामा कलैया अस्पताल, बाराका डा.प्रेमशंकर चौरसियाले कोरोना भाईरसबारे जानकारी गराएका थिए । उनले उक्त भाइरसको संक्रमणबाट बच्नका लागि अपनाउनु पर्ने सावधानीबारे चर्चा समेत गरेका थिए ।

सो अवसरमा कोरोना भाइरसबारे जानकारीमुलक पर्चासमेत वितरण गरिएको थियो ।

कार्यक्रममा कलैया उपमहानगरका मेयर, सबै वडाका अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, नागरिक समाजका प्रमुख, महिला संजालका प्रमुख तथा प्रतिनिधीहरु, जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, स्काउटका अध्यक्ष तथा नेपाल स्काउटमा आवद्ध विद्यार्थी तथा शिक्षकहरु सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप