ललितपुरमा भीषण आगलागी, एक जना घाइते
आइतबार, १९ माघ २०७६, ११ : ३१
काठमाडौं : ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा भीषण आगलागी भएको छ । आगलागीमा परी एक जना घाइते भएका छन् ।
आइतबार बिहान ११ः२० बजेतिर लागेको आगलागीले उग्र रुप लिएको छ । आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ ।
आगलागीमा घाइते भएका एक जनाको उद्दार गरिएको छ भने अन्य व्यक्तिहरु पनि कवाडी खानाभित्र हुनसक्ने आशंका गरिएको छ ।
थप विवरण आउँन बाँकी छ ।