कोरोनाभाइरस संक्रमणबाट निको भएका ३२८ चिनियाँ नागरिक अस्पतालबाट घर फर्के
सोमबार, २० माघ २०७६, ०९ : ०५
एजेन्सी । चिनियाँ स्वास्थ निकायहरुले शनिबार साँझसम्म कोरोनाभाइरस संक्रमित भएकामध्ये ३२८ विरामी निको भएर घर फर्किएको जानकारी दिएका छन् ।
शनिबार मात्र ८५ मानिस रोगमुक्त भएर घर फर्किएका थिए, तीमध्ये ४९ संक्रमणको केन्द्र मानिने हुवेई प्रान्त निवासी थिए ।
चीनको नेसनल हेल्थ कमिसनले आइतबार उसको दैनिक रिपोर्टका क्रममा यो जानकारी दिएको हो ।
शनिबारसम्म कोरोनाभाइरसको संक्रमणबाट ३०४ व्यक्ति मारिए भने १४,३८० रोगको पुष्टि भएको छ ।