टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
सोमबार, २० माघ २०७६, १२ : १६
मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० जरुवामा सोमबार बिहान टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
बिहान साढे ८ बजे प्रदेश १–०२–००१ ख ८१०९ नम्बरको टिपरले सुन्दर हरैचा नगरपालिका–१० कै ४७ वर्षीय बाबुराम कार्की सवार साइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएका कार्कीलाई उपचारका लागि विराटनगर स्थित कोशी अस्पताल पठाइएको थियो । उपचारको क्रममा बिहान पौने १० बजे उनको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न टिपर चालकलाई इलाका प्रहरी कार्यालय केराबारीले नियन्त्रणमा लिएको छ ।