मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चीनमा कोरोनाभाइरस संक्रमित महिलाले स्वस्थ बच्चा जन्माइन्

सोमबार, २० माघ २०७६, १५ : ४१
सोमबार, २० माघ २०७६

एजेन्सी । चीनको उत्तरपूर्वी प्रान्त हेलङजियाङस्थित अरबिन सहरकी कोरोना भाइरसबाट संक्रमित एक गर्भवती महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी छन् । बिहीबार ज्वरो बढेपछि ती गर्भवती महिला अरबिन सहरको ६ नम्बर अस्पतालमा जचाउन पुगेकी थिइन् । परीक्षणपछि उनमा कोरोभाइरस रहेको पुष्टि भयो ।  

त्यसपछि चिकित्सकले भाइरस गर्भसम्म फैलिने डरमा ३८औं हप्ता पुगेको महिलाको गर्भलाई सोही दिन अपरेसन(सी सेक्सन विधि)गर्ने निर्णय गरे । 

अपरेसनपछि तीन किलोको स्वास्थ्य छोरी जन्मिएकी र उनी पूर्णरुपमा संक्रमणमुक्त रहेको अस्पतालका उपाध्यक्ष ना हुईले बताए । शुक्रबार र शनिबार गरिएको परीक्षणमा शिशुमा कोरोनाभाइरस नेगेटिभ पाइएको छ । 

अस्पतालले गर्भवती महिलाको नाम र उमेर भने सार्वजनिक गरेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप