मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मास्क लगाउन अस्वीकार गर्ने चिनियाँ महिला पक्राउ, प्रहरीसँग घम्साघम्सी

सोमबार, २० माघ २०७६, २३ : ००
सोमबार, २० माघ २०७६

काठमाडौँ । कोरोना भाइरसको माहामारी फैलिरहेको बेला मास्क लगाउन अस्वीकार गर्ने एक चिनियाँ महिलालाई प्रहरीले गिरफ्तार गरेको छ । 

कोरोना भाइरसको माहामारी फैलिएको चीनका विभिन्न स्थानमा अहिले मास्क नलगाइ घरबाहिर निस्कन अधिकारीहरुले प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

समाचारअनुसार किउ नाम गरेकी दक्षिणी चीनको सेनजेन सहरकी ती महिला बिना मास्क एक सुपमार्केटमा भेटिएपछि प्रहरीले  पक्राउ गरेको थियो । 

सुपमार्केट गान्डोस प्राप्तमा पर्छ, जहाँ गत जनवरी २६ देखि अर्को व्यवस्था नभएसम्मका लागि अधिकारीहरुले अनिवार्यरुपमा मास्क लगाएर हिँड्न स्थानीयलाई आग्रह गरेका थिए । 

तर सरकारी आग्रहविपरित सुपरमार्केटमा बिना मास्क देखापरेकी ती महिलालाई सुरुमा त्यहाँका व्यापारीले मास्क लगाउन वा त्यहाँबाट बाहिरिन भनेका थिए । 

उनले सो आग्रह अस्वीकार गर्दै उल्टै बावविवाद गर्न थालिन् । पछि प्रहरी आएर उनलाई गिरफ्तार गर्यो । सो घटनासम्बन्धी सार्वजनिक भएको सीसीटीभी फुटेजमा महिलालाई प्रहरीले पक्राउ गर्दै गरेको दृश्य देखिन्छ, सो क्रममा उनले प्रहरीसँग पनि निकै विवाद गरेकी थिइन् । 

भिडियो फुटेजमा नियन्त्रणमा लिने क्रममा उनले प्रहरीलाई समेत लात्ताले हानेको देखिन्छ भने प्रहरीले पनि भूईमा लडाउँदै उनको हात पछाडि फर्काएर बाँधेको देखिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप