सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पार्टी एकताको बाँकी कार्यभार टुङ्ग्याउन ओली–प्रचण्ड दैनिक छलफलमा

मङ्गलबार, २१ माघ २०७६, १२ : ५६
मङ्गलबार, २१ माघ २०७६

काठमाडौँ । केन्द्रीय समिति बैठकले १५ दिनभित्र पार्टी एकताका सवै काम टुङग्याउने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक गृहकार्यमा जुटेका छन् ।

नेकपाको केन्द्रीय समिति बैठक ५ दिनसम्म चलेर आइतबार सकिएलगत्तै ओली र प्रचण्डले पार्टी एकताको विट मार्न आन्तरिक छलफल र गृहकार्यलाई तीव्रता दिएका हुन् ।

सोही क्रममा ओली र प्रचण्डले सोमबार र मंगलबार लगातार भेटवार्ता र छलफल गरेका छन् । त्यस्तै अध्यक्ष ओली र अर्का बरिष्ठ नेता माधव कुमार नेपालबीच पनि सोमबार नै लामो कुराकानी भएको थियो ।

सोमबार ओली र प्रचण्डबीच छलफल भएलगत्तै ओली र नेपालबीच पनि लामो छलफल भएको हो ।

‘केन्द्रीय समिति बैठकको समीक्षाका साथसाथै पार्टी एकताको काममा बिट मार्न नेताहरु लागि पर्नुभएको छ । त्यही क्रममा ओली प्रचण्ड र ओली तथा नेपालबीच भेटवार्ता भएको हो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने, ‘पार्टी एकता र एमसीसी लगायतका विषयमा साझा धारणा बनाउने अर्को प्रयास पनि हुनसक्छ ।’

तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपामा कतिपय जनवर्गीय संगठनबीच अझै एकता भइसकेको छैन ।

आइतबार केन्द्रीय कमिटी बैठकको समापनका अवसरमा अध्यक्ष प्रचण्डले १५ दिनभित्र पार्टी एकता टुङ्ग्याइसक्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप