मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अवैध सुनसहित १ जना पक्राउ

मङ्गलबार, २१ माघ २०७६, १३ : ०९
मङ्गलबार, २१ माघ २०७६

काठमाडौँ । मोरङ प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यस्थित कटिहारका ६२ वर्षीय चन्दन भौमिक रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

प्रहरीका अनुसार अवैध रूपमा भन्सार छलि नेपालबाट भारततर्फ लाँदै गरेको ९२.५२० ग्रामको २ वटा सुनको चुरा सहित उनलाई विराटनगरको रानी भन्सार गेटबाट  पक्राउ गरिएको हो । 

उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी  मान बहादुर राईले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप