सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छिट्टै एउटा मिर्गौला फेर्दैछुः प्रधानमन्त्री ओली

मङ्गलबार, २१ माघ २०७६, १९ : ३६
मङ्गलबार, २१ माघ २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निकट भविष्यमै आफूले एउटा मिर्गौला फेर्न लागेको जानकारी दिएका छन् । 

मिर्गौलाको बिरामी रहेका प्रधानमन्त्री ओलीले हाल डायलासिस गरेर काम चलाउँदै आएका छन् । तर, आफूले धेरै काम गर्न बाँकी रहेकाले मिर्गौला नै फेर्ने निर्णयमा पुगेको प्रधानमन्त्रीको भनाइ छ । 

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्रीले निकट भविष्यमै आफ्नो एउटा मिर्गौला फर्ने बताएका हुन् ।

 ‘पहिला प्रचण्डजी र मैले आलोपालो सरकारको नेतृत्व गर्ने भनेका थियौँ । तर प्रचण्डकै प्रस्तावमा राजनीतिक स्थायित्वका लागि मैले नै ५ वर्ष सरकार चलाउने सहमति भएको हो । बाँकी तीन वर्ष अझ धेरै खटिएर काम गर्नका लागि डायलासिस गरिरहनुको साटो एउटा मिगौला नै फर्न लागेको हुँ ।’

सम्पादकहरुले प्रश्नको ‘बलिङ’ गरिसकेपछि ‘ब्याटिङ’ गर्दै प्रधानमन्त्रीले सो जानकारी दिएका हुन् । 

पत्रकारहरुले प्रेस स्वतन्त्रता संकुचित गर्ने विधेयक, एमसीसी सम्झौता कार्यान्वयन, बढ्दो भ्रष्टाचार, बालुवाटार जग्गा प्रकरण, यतिलाई नेपाल ट्रस्टको जग्गा लिजमा दिइएका आदि विषयमा प्रश्न गरेका थिए । 

प्रधानमन्त्रीले ती सबै विषयमा सविस्तार ब्याख्यासहित प्रतिरक्षा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप