आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्य घट्यो

बुधबार, २२ माघ २०७६, ११ : ५९
बुधबार, २२ माघ २०७६

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । केही महिनायता उतार चढावको अवस्थामा रहेको छापावाल सुनको मूल्य बुधबार ७५ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो । 

यसअघि मंगलबार तोलामा ७६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाल सुन बुधबार रु ८०० घटेको हो । 

यस्तै तेजावी सुन तोलामा ७४ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ । 

यता बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार ८८० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको चाँदी बुधबार ८७५ रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप