औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक पारित
बुधबार, २२ माघ २०७६, १६ : २८
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मतिबाट पारित गरेको हो ।
यसअघि मन्त्री भट्टले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो विधेयकमाथिको छलफलमा कुनै पनि सांसदले भाग लिएनन् ।