सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज हल्का वर्षाको सम्भावना

बिहीबार, २३ माघ २०७६, ०८ : ०५
बिहीबार, २३ माघ २०७६

मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा देशको पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको हो । 

महाशाखाका अनुसार अहिले नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन । भने देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली भएको छ । 

यसैगरी आज दिनभर देशका पुर्वी र मध्य पहाडी भू–भागमा अपरान्हपछि आंशिकदेखि सामान्य बदली रही पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। साथै, अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।  

राति भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भाग सामान्यतया सफा रहने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप