आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दीपक मनाङेले झापड हानेका मिलन गुरुङ २ लाख धरौटीमा छुटे

बिहीबार, २३ माघ २०७६, १४ : ०२
बिहीबार, २३ माघ २०७६

पोखरा । दीपक मनाङेको झापड खाएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष मिलन गुरुङ  जेलबाट छुटेका छन् । उच्च अदालत पोखराको आदेशमा २ लाख धरौटी तिरेर मिलन छुटेका हुन् ।

मिलनलाई फागुन १९ मा उपस्थित हुने गरि तारेखमा छाडेको उच्च अदालत पोखराका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । बैकिङ  कसुर अन्तर्गतको जाहेरीमा उनलाई प्रहरीले हिरासतमा लिएको थियो । 
यसअघि पोखरामा आयोजित मुख्यमन्त्री कपको उद्घाटन समारोहमा फितलो व्यवस्थापन गरेको र खेलाडिलाई बे वास्ता गरेको अभियोगमा गण्डकी प्रदेशका सांसद दीपक मनाङेले झापड हानेका थिए । मनाङेको झापड खाएपछि मिलनले उजुरी दर्ता गराएका थिए ।

 प्रहरीले मनाङेलाई  ३ दिन हिरासतमा राखेको थियो । उनी साधारण तारिखमा छुटिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप