मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमित महिलाबाट जन्मिएकी शिशुमा पनि देखियो संक्रमण

बिहीबार, २३ माघ २०७६, १५ : ४१
बिहीबार, २३ माघ २०७६

एजेन्सी । चीनमा कोरोना संक्रमित महिलाबाट स्वस्थ रुपमा जन्मिएकी शिशुमा केही घण्टाभित्रै सोही रोगको संक्रमण भएको पुष्टि भएको छ । जन्मिएको ३० घण्टापछि ती शिशुमा कोरोना संक्रमण देखिएको हो । यी शिशु चीनमा सबैभन्दा कम उमेरमा कोरोनो भाइरस संक्रमित बिरामी भएकी छिन् ।क्वारेन्टाइनमै स्वस्थ्य शिशु जन्मिएपछि डाक्टरहरुले खुशी व्यक्त गरेका थिए। 

फेब्रुअरी २ मा वुहानको एक अस्पतालमा शिशुको जन्म भएको थियो। उनकी आमा कोरोनो संक्रमित सुत्केरी महिला केही दिनदेखि सो अस्पतालमा  क्वारेन्टाइनमा रहेकी थिइन् । जन्मदा उनको तौल ३.२५ केजी रहेको थियो । भाइरसका कारण चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप