जापानमा भूकम्प
बिहीबार, २३ माघ २०७६, १८ : ४९
एजेन्सी । जापानको इबाराकी नाका क्षेत्रमा बिहीबार ५.६ म्याग्नीच्युडको भूकम्प गएको छ । मौसम विज्ञान विभागका अधिकारीहरूले स्थानीय समय अनुसार बेलुका ८.२० बजे भूकम्प आएको जानकारी दिएका छन् ।
भूकम्प आएपनि सुनामीको कुनै खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । जापान भूकम्पीय दृष्टिकोणले अतिसंवेदनशील मुलुक हो । जापानमा हरेक बर्ष दर्जनौँ पटक भूकम्प जाने गरेको छ ।