अख्तियारमा कार्यरत प्रहरी हवल्दार ४ लाख घुससहित पक्राउ
शुक्रबार, २४ माघ २०७६, २० : ३५
१
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी हवल्दार नै घुससहित पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले प्रहरी हवल्दार बाबुराम घिमिरेलाई शुक्रबार राजधानीको चाबहिल क्षेत्रबाट पक्राउ गरेको हो ।
सीआईबी स्रोतका अनुसार एक व्यापारीसँग उनले घुस माग्दै आएका थिए । यसबारे सीआईबीसम्म सूचना पुगेपछि परिचालित भएको प्रहरी टोलीले उनलाई ४ लाख घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेमा घिमिरेलाई सिआईबी हिरासतमा राखि आवश्यक अनुसन्धान भइरहेको छ ।