सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हिमालपारी नाम्खाबाट २० घण्टापछि गर्भवतीको उद्धार

शनिबार, २५ माघ २०७६, ०७ : ४४
शनिबार, २५ माघ २०७६

सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि हुम्लाको उत्तरी क्षेत्र नाम्खा गाउँपालिकाबाट उद्धार गरिएको छ । 

बिहीबार दिउँसोदेखि व्यथाले च्यापेकी वडा नं ६ की ३५ वर्षीया  याङ्जिन तामाङलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी शुक्रबार कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ  । 

सो गाउँ हिमालपारिको गाउँका रुपमा चिनिएको  छ । सङ्घीय सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा सुर्खेतबाट सेनाको हेलिकप्टरले मगाई उद्धार गएिको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिइन् । 

सुतकेरी व्यथा लागेको पछिल्लो दिन मात्र हेलिकप्टर आएर उद्धार गरेको बिरामीका श्रीमान् आङ्दिन तामाङले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप