मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

बुहानबाट सुरु भएको प्रकोपलाई ‘नोबल कोरोनाभाइरस न्युमोनिया’ भन्न चीनको स्वास्थ्य आयोगको निर्देशन

शनिबार, २५ माघ २०७६, १८ : १८
शनिबार, २५ माघ २०७६

चीनको नेशनल हेल्थ कमिसन(राष्ट्रिय स्वास्थ्य आयोग) ले कोरोना भाइरसको आधिकारिक नाम दिएको छ –नोवल कोरोनाभाइरस न्युमोनिया(एनसपी) । 

उसले चीनका सरकारी विभाग तथा संगठनहरुलाई नोवल कोरोना भाइरस न्युमोनिया नाम राख्न निर्देशन दिएको छ । 

शनिबार एक पत्रकार सम्मेलनमा आयोगले भाइरसको आधिकारिक नाम घोषणा गरेको थियो । 

तथापि, यो नाम स्थायी भने हुनेछैन । स्थायी नाम नराखिएसम्म यही नाम प्रयोग गर्न आयोगले निर्देशन दिइएको छ । 

संसारभर देखिएका नयाँ भाइरसको स्थायी नाम दिने काम ‘इन्टरनेशनल कमिटी अन ट्याक्सोनोमी अफ भाइरसेस’को हो । 

बीबीसीका अनुसार उक्त कमिटीले केही दिनभित्रै भाइरसको नयाँ नाम घोषणा गर्न लागेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप