सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सार्स भाइरसभन्दा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढी

आइतबार, २६ माघ २०७६, ०८ : २०
आइतबार, २६ माघ २०७६

चीनको हुबेई प्रान्तको स्वास्थ्य आयोगका अनुसार नयाँ कारोना भाइरसका कारण उक्त प्रान्तमा मात्रै मृत्यु हुनेको संख्या ७ सय ८० पुगेको छ ।

यसका साथै समग्र चीनमा यो भाइरसका कारण मृत्यु हुनेको आँकडा ८ सय ४ पुगेको छ । यसरी कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या लगभग २० वर्ष अघि सार्स भाइरसका कारण ज्यान गुमाएका भन्दा बढी भएको छ ।

सार्स भाइरस सन् २००३ मा फैलिएको थियो र करिब दुई दर्जन बढी देशमा यसका बिरामी पाइएका थिए । सार्सका कारण ७ सय ७४ को ज्यान गएको थियो ।

अहिलेसम्म संसारभरी ३४ हजार ८ सय मानिस नयाँ कोरोना भाइरसबाट संक्रमित पाइएका छन् र तीमध्ये धेरै चीनमा नै छन् ।

गत महिना विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप