सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

दुलहीले लगाएको साडी मनपरेन, विवाह रद्द गर्दै दुलहा फरार

आइतबार, २६ माघ २०७६, ११ : ०१
आइतबार, २६ माघ २०७६

भारतको कर्नाटकमा एउटा विवाह बीचमा नै रोकिएको छ । विवाह रोकिनुको कारण निकै रोचक छ । वास्तवमा दुलहाका परिवारलाई दुलहीले लगाएको साडी मन नपरेपछि विवाह रोकिएको हो ।

यहाँ याद गर्नुपर्ने कुरा के छ भने यी दुईको प्रेम विवाह हुँदैथियो । घटना बुधबारको हो । हासन जिल्लाका २९ वर्षका दुलहा बीएन रघुकुमार अहिले फरार छन् ।

हासनका एसपी श्रीनिवास गौडाले भारतीय संचार माध्यमसँग गरिएको कुराकानी अनुसार रघुकुमार र बीआर संगीता विगत एक वर्षदेखि प्रेममा थिए । यी दुईले विवाह गर्ने निश्चित गरे । परिवारबीच पनि सहमती भयो । बुधबार जब केही विधि अपनाइँदैथ्यो तब संगीताको साडी रघुकुमारका आमा–बुवालाई उनको साडी मन परेन । उनीहरुलाई साडीको क्वालिटी खराब लाग्यो जसका कारण संगीतालाई साडी परिवर्तन गर्न भनियो । यो तिलजस्तो विषय पहाड बन्यो र दुलहाका आमा–बुवा रिसाए । उनीहरुले बिहिबार हुने विवाह रद्द गरे र छोरालाई घरबाट भगाइदिए ।

पुलिसले रघुकुमारविरुद्ध धोकाको मुद्दा दर्ता गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप