सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आजको मौसम

सोमबार, २७ माघ २०७६, ०७ : ५२
सोमबार, २७ माघ २०७६

मौसम पूर्वानुमान महाशाखाले आज नेपालमा कुनै पनि मौसमी प्रणाली नभएको जानकारी दिएको छ । सोमबार बिहान जारी गरेको पूर्वानुमानमा महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएको जनाएको हो । 

महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार अहिले देशका पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सफा रहने उल्लेख छ । 
 
यसैगरी, सोमबार दिउँसो भने देशको पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । 

रातिको मौसमबारे महाशाखाले पश्चिमी क्षेत्रमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप