बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रोजगारी खोज्न सरकारी साईट शुरु

आइतबार, ११ भदौ २०७४, १२ : २४
आइतबार, ११ भदौ २०७४

 काठमाडौं–सरकारले रोजगारसम्बन्धी सूचना दिन http://www.jobkhoj.gov.np  वेबसाइट सञ्चालनमा ल्याएको छ । सरकारी प्रयासमा पहिलोपटक शुरु गरिएको यो साईटमा बेरोजगारले आफ्नो शैक्षिक योग्यता र गर्न चाहेको कार्य समाबेश गरि काम खोज्न सक्नेछन् ।

साइटमा रोजगारदातालाई आवश्यक पर्ने जनशक्तिका पदहरु खुला गरिएको जानकारी राखिएको हुन्छ । अन्तरा्िष्ट्रय सहयोग नियोग (कोइका)को सहयोगमा अन्तर्रा्िष्ट्रय श्रम संगठन (आईएलओ) नेपालले श्रम तथा रोजगार मन्त्रालयसँग अवसरका खोजीमा रहेका युवाहरुलाई लक्षित गरी उक्त साइट संचालनमा ल्याएको होे । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवालाई समन्वय गर्ने कार्यमा उक्त साईट सहयोगी हुने बताईएको छ । 

साईटमा आवश्यता संख्या ,महिला ,पुरुष  पनि समाबेश गरिएको हुन्छ । कामको खोजीमा रहेका युबाहरुले कामको प्रकृति , आवश्यक अनुभव र सम्पर्क स्थान उक्त साईटबाट  प्राप्त गर्न सक्नेछन् । रोजगारदातामा क्लिक गरेपछि कम्पनीको सम्पर्क खुल्नेगरि साइट डिजाइन गरिएको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतका १४ रोजगारदाता सुचना केन्द्रले यस कार्यका लागि सहजीकरणको भुमिका निर्वाह गर्नेछन् । 

मुलुकभर विभिन्न स्थानमा रोजगार सूचना केन्द्रहरु स्थापना गरि बेरोजगारहरुको लगत तयार गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सुचना केन्द्र संचालनमा ल्याइएको जनाइएको छ । श्रम बिभाग मातहत प्रत्येक अञ्चलमा एक पर्नेगरि १४ स्थानहरु महेन्द्रनगर ,धनगढि, नेपालगन्ज,जुम्ला ,दाङ,पर्वत, बुटवल, पोखरा ,हेटौडा,काठमाडौमा रोजगार सूचना केन्द्रहरु स्थापना गरिएको छ । त्यस्तै जनकपुर,उदयपुर बिराटनगर र भद्रपुरमा पनि रोजगार सूचनाकेन्द्र संचालित छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप