प्रधानमन्त्री र बङ्गलादेशका सेना प्रमुखबीच भेटवार्ता
सोमबार, २७ माघ २०७६, २३ : ००
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका सेना प्रमुख अजिज अहमेदबीच आज भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेटवार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । उनीहरुबीच दुई देशको सुरक्षाबारे छलफल भएको बताइएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा सेनाप्रमुख अहमद यही माघ २४ गते नेपाल आएका हुन् ।