सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसः एकैदिन १०३ को मृत्यु, मृतकको संख्या हजार नाघ्यो

मङ्गलबार, २८ माघ २०७६, ०७ : ३०
मङ्गलबार, २८ माघ २०७६

चीनको हुबेई प्रान्तमा कोरोना भाइरसका कारण सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या एक हजार नाघेको छ ।

यद्यपि, आइतबारको तुलनामा नयाँ संक्रमितहरुको संख्यामा सोमबार २० प्रतिशतले कमी आएको छ ।

हुबेईको स्वास्थ्य आयोगले उक्त प्रान्तमा सोमबार २ हजार ९७ नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ । आइतबार नयाँ संक्रमितको संख्या २ हजार ६ सय १८ थियो ।

विश्व स्वास्थ्य संगठनका उत्कृष्ट चिकित्सकको टोली चीन पुगेको छ ।

अहिले चीनमा मात्रै ४२ हजार २ सय बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । सन् २००२–३ पछिको गम्भीर सार्वजनिक स्वास्थ्य संकट हो ।

प्राणघातक कारोना भाइरसको संक्रमणको आशंका गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार निरिक्षण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप