सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसः हजार बढीको ज्यान गएपछि चिनियाँ वरिष्ठ अधिकारीलाई कारवाही

मङ्गलबार, २८ माघ २०७६, १० : ३८
मङ्गलबार, २८ माघ २०७६

चीनमा कोरोना भाइरसका कारण हजार बढीको ज्यान गएपछि चीनले आफ्ना वरिष्ठ अधिकारीलाई कारवाही गरेको छ ।

आफ्नो जागिर गुमाउनेमा हुबेईको स्वास्थ्य आयोगका पार्टी सचिवलगायत आयोगका प्रमुखसमेत रहेका छन् ।

उनीहरु अहिलेसम्म पद घटुवा गरिएको सबैभन्दा वरिष्ठ अधिकारी हुन् ।

स्थानीय रेडक्रसका डेप्युटी जनरललाई पनि कर्तव्यबाट पछि हट्दै चन्दा संकलनमा सक्रिय रहेको भन्दै हटाइएको छ ।

हुबेई प्रान्तमा सोमबार मात्रै १०३ जनाको मृत्यु भएको छ । मृतकको संख्या अहिलेसम्म १ हजार १६ पुगेको छ ।

यद्यपि, देशव्यापी रुपमा संक्रमितको संख्यामा भने २० प्रतिशतको कमी आएको छ । आइतबार संक्रमितको संख्या ३ हजार ६२ थियो जुन सोमबार घटेर २ हजार ४ सय ७४ पुगेको छ ।

हुबेईको स्वास्थ्य आयोग अनुसार सोमबार उक्त प्रान्तमा २ हजार ९७ नयाँ संक्रमित भेटिएको छ ।  अघिल्लो दिन संक्रमितको संख्या २ हजार ६ सय १८ थियो ।

सरकारी मिडियाका अनुसार कोरोनाको संक्रमण देखिएयता हुबेईमा हज्जारौंको बर्खास्ती, थुप्रैमाथि अनुसन्धान र धेरैलाई चेतावनी दिइएको छ ।

तर केही निश्चित दायित्वबाट हटाउनु भनेको उक्त व्यक्तिलाई पूर्ण रुपमा बर्खास्ती गरिनु नभई यसलाई पद घटुवाको रुपमा पनि हेर्नु पर्ने बताइएको छ ।

जसलाई आफ्नो पदबाट हटाइएको छ, ती अधिकारीलाई सत्ताधारी कम्युनिष्ट पार्टीले पनि सजाय दिने बताइएको छ ।

उदाहरणका लागि, रेड क्रसका उप–प्रमुख झाङ्ग क्विनलाई ‘एक गम्भीर अन्तर पार्टी चेतावनी दिनुका साथै एक प्रशासनिक दोषी’ को संज्ञा दिइएको सरकारी मिडियाले बताएको छ ।

यस महिनाको सुरुमा बुहान तथ्याङ्क ब्यूरोका उप–प्रमुखलाई मास्क वितरणमा उचित नियम अवलम्बन नगरेको भन्दै गम्भीर अन्तर पार्टी चेतावनी दिइएको थियो भने उनलाई प्रशासनिक दोषीसमेत बताइएको थियो ।

हालै, कोरोना भाइरसमा उचित ध्यान नदिएको भन्दै चिनियाँ अधिकारीको व्यापक आलोचना हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप