सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आज हल्का वर्षाको सम्भावना

आइतबार, ०४ फागुन २०७६, ०८ : १२
आइतबार, ०४ फागुन २०७६

मौसम पूर्वानुमान महाशाखाले आज हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा पहाडी क्षेत्रका केही स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको महाशाखाले जानकारी दिएको छ । यसैगरी देशका धेरै स्थानमा भने आंशिक र सामान्य बदली भएको छ ।  
 
महाशाखाका अनुसार आज दिउँसो देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप