मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

यामाहाको दसैं योजना– ‘क्यास–इन–ओ’

आइतबार, ११ भदौ २०७४, १७ : १५
आइतबार, ११ भदौ २०७४

काठमाडौं–नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं र तिहारलाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । 
‘क्यास–इन–ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा ¥यापिड जित्न सक्ने एमएडब्लु इन्टरप्राइजेजल जनाएको छ । 
‘दसैं र तिहारको रौनकलाई थप उल्लासमय बनाउन यो अफर ल्याएको कम्पनीले जनाएको छ । स्योर सट डिस्काउन्ट, साप्ताहिक पुरस्कार र बम्पर पुरस्कारको योजनाले हाम्रा ग्राहकहरु सन्तुष्ट हुने यामाहा डिभिजनका सहायक महाप्रबन्धक दिपक रौनियारले बताए । ‘अब यामाहाका ग्राहकले दसैं र तिहारमा यामाहा मोटरसाइकल तथा स्कुटरको रोमाञ्च अनुभव गर्न पाउनेछन्,’ उनले भने, यो योजना ग्राहकको सुविधालाई ध्यानमा राखेर ल्याएका हौं ।’
नयाँ योजना अनुसार यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ नगद छुट पाउने जनाइएको छ । 
यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका बाइक र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, फेसिनो, रे जेडआर, रेजी, एसजीआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ छन् । 
यामाहाले भर्खरै नेपाली बजारमा एफजी२५ सार्वजनिक गरेको थियो । अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी२५मा  एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । बाइकमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी२५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ । एफजी२५ को मूल्य सीमित अवधिका लागि तीन लाख ४४ हजार नौ सय रुपैयाँ कायम गरिएको छ । दसैं अफर यामाहा एफजी२५मा पनि लागू भए पनि नगद छुट पनि उपलब्ध हुने छैन । 
यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक  फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप