सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
मङ्गलबार, ०६ फागुन २०७६, १२ : २२
काठमाडौँ । दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य मंगलबार भने सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यसअघि सुन आइतबार र सोमबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो ।