मदिरा सेवन गरेर बलात्कार गर्ने एक युवा पक्राउ
मङ्गलबार, ०६ फागुन २०७६, १७ : ४६
बुटवल । जबरजस्ती करणीको अभियोगमा एक युवालाई प्रहरीले पकाउ गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. १८ का १९ वर्षीय रामकिशन थारुलाई जवरजस्ती करणीको अभियोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
सोमबार राति स्थानीय एक महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा थारुलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो । मदिरा सेवन गरेर रातिको समयमा महिला एक्लै भएको मौका छोपेर थारुले घरभित्र पसी जवरजस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले बताए ।
थारुविरुद्ध जवरजस्ती करणी उद्योगमा कारवाहीका लागि अनुसन्धान अगाडि बढाइएको उनले बताए ।