बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

सोमबार, १२ भदौ २०७४, ०५ : ०३
सोमबार, १२ भदौ २०७४

बि.स.२०७४ भाद्र १२ गते । सोमबार । ईश्वी सन् २०१७ अगष्ट २८ तारिख । नेपाल सम्बत् १९३७ । साधारण संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९३९ । भाद्र शुक्ल पक्ष । तिथि सप्तमी,४७ घडी ३४ पला,रातको १२ बजेर ४२ मिनेट उप्रान्त अष्टमी । नक्षत्र बिशाखा ३९ घडी ३७ पला,बेलुका ९ बजेर ३२ मिनेट उप्रान्त अनुराधा । योग ऐन्द्र ५१ घडि ०६ पला । करण गर, बिहान ११ बजेर ५४ मिनेट उप्रान्त वणिज,रातको १२ बजेर ४२ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा मित्र योग । चन्द्ररासि तुला दिउँसो २ बजेर ५९ मिनेट उप्रान्त बृष्चिक । भक्तपुरमा मङगलकुण्ड मेला । अमुक्ताभरणसप्तमी । गौरासप्तमी ।

काठमाडौंमा सूर्योदय ०५ बजेर ४१ मिनेट, सूर्यास्त बेलुका ०६ बजेर २७ मिनेट जादा । दिनमान ३१ घडी ५६ पला । 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । मध्यान्हपछिको समय मध्ययम रहेकोले सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थले साथ दिनेहुँदा शाहसिलो काम गर्न सकिनेछ मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । । व्यापार बिश्तार गरि प्रशस्त रुपैया पैसा कमाउँनेछ । नयाँ ठाउको भ्रमण गरि संगितको सुमधुर धुनमा रमाउँन सकिनेछ । प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई परिणाम मुखि नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ ।  

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले छुट्टिनु पर्ने अधिक सम्भावना रहेकोछ । मानव निर्मित तथा भौतिक बस्तुको प्रयोग गर्दा साबधान अपनाउँनुहोला अप्रिय घट्ना घट्न सक्छ । पढाई लेखाईमा भनजस्तो प्रगति नहुँदा नतिजा अरुकै पोल्टोमा पर्नेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा दैनिक कामहरु प्र्रभावित हुँनेछन् भने शिक्षा क्षेत्रसँग सम्पन्धित व्यावसाय भने फस्टाएर जानेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे लाभ लिन सकिनेछ । घर परिवार तथा आत्मिय मित्रसँगको सम्बन्ध सुदृड भएर जाने हुँनाले नयाँ योजना बनाएर लागु गर्न सकिनेछ । राजनिति तथा सामाजिक कामहरुमा समय खर्चिनेहरुले समयमा सर्बसाधारणको काम गर्न सम्दा पद प्रतिष्ठा प्राप्त हुँने योग रहेकोछ । साथिहरुको सहयोगले उपलब्धिमुलक काम गर्ने अवसर प्राप्त हुँनेछ । पढाई लेखाईमा सुधार गर्दै लान सकिनेछ भने खोज तथा अनुशन्धानमा नयाँ कुरा पत्ता लगाउँन सकिनेछ । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पुराना समस्याहरुलाई केहि समय दिएर सल्टाउँन सकिनेछ भने नयाँ नयाँ काम गरि रोजगारिका अवसरहरु सिर्जना गरेर मनग्गे आम्दानि गर्न सकिनेछ । बिद्यार्थिहरुले आफ्नो प्रतिष्पर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् भने पढाई लेखाईमा भनेजस्तो नतिजा ल्याउँन सकिनेछ । साझपख राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन निकैनै मेहनेत गर्नुपर्नेछ भने आमा वा आमा सोरहका मानिससँग छुट्टिएर यात्राको तयारि गर्नुपदा मन खिन्न हुँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुँनेछ । राजनिति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । पढाई लेखाईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाई लेखाई अधरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । मध्यान्हपछिको समय राम्रो रहेकोले माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा बिलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाई लेखाईमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानि फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुँने हुँनाले लगानि बढाउँन सकिनेछ । साझपखको समय मध्ययम रहेकोले अनाबस्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुँन सक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने उद्योगमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बुवा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँने हुँदा अन्य काम गर्न सहज हुँनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा तपाईको बर्चस्व कायम रहनेछ  भने माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निबिच बिश्वासको बाताबरण बढेर जानेछ । नोकरिमा बढुवा हुँने तथा अनुकुल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउँने हुँदा मन खुसि रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक रुपमा सम्पन्न हुँन चालिएका कदम बाट भनेजस्तो उपलब्धि हासिल हुँने हुँदा मन प्रशन्न रहनेछ । दिदि बहिनिको सहयोगले सकारात्मक कामहरु सम्पन्न गर्न सकिनेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहनेछ । अध्ययनमा समय खर्चिए अनुशार उपलब्धि हासिल गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् । 
ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप