कोरोनाभाइरस प्रकोपः बुधबार चीनमा नयाँ संक्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या बढी
बिहीबार, ०८ फागुन २०७६, १३ : २१
सिन्ह्वा । चीनमा बुधबार कोरोनाभाइरसबाट संक्रमित हुने मानिसको संख्यामा उलेख्य कमी देखियो । उता संक्रमित निको हुने व्यक्तिको संख्या भने बढेको छ ।
फेब्रुअरी १९(बुधबार) लगातार दोस्रो दिन त्यस्तो देखियो । प्रकोपको उदगमस्थल हुवेईमा बुधबार ३४९ नयाँ संक्रमित देखियो भने चीनभर ३९४ नयाँ संक्रमित भेटिए ।
मङ्गलबार कोरोनाभाइरसका १७४९ नयाँ संक्रमित भेटिएका थिए ।
उता चीनमा बुधबार दिनभरी संक्रमण निको भएर घर फर्किनेको संख्या १७७९ थियो ।
बुधबार अन्त्यसम्म कोरोनाभाइरस संक्रमण पूर्ण रुपमा निको भएर घर फर्किनेको कुल संख्या १६,१५५ सम्म पुगेको छ ।