सुनको मूल्यमा नयाँ कीर्तिमान
बिहीबार, ०८ फागुन २०७६, १३ : ५९
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ कीर्तिमान मनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा ७७ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि बुधबार सुन तोलामा ७७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजावी सुन तोलामा ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदी तोलामा रु १० बढेर तोलामा ९१५ रुपैयाँमा कारोबार भएको छ ।
सुनको मूल्य अझै बढ्न सक्ने बताइएको छ ।