टिपरको ठक्करबाट दुई जना घाइते
आइतबार, ११ फागुन २०७६, १२ : ३२
नुवाकोट । नुवाकोटमा आइतबार टिपरको ठक्करबाट दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन् । बिहान ९ बजे बा४ख ३०१७ नम्बरको टिपरले बा९२प १११९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घाइते हुनेमा मोटरसाइकल चालक कास्कीको पोखरा महानगरपालिका–१३ घर भई नुवाकोट बस्दै आएका ३२ वर्षीय भरतप्रसाद बराल र पछाडी सवार नुवाकोटको बेलकोटगढी नगरपालिका–४ का ३० वर्षीय दिपक पुडासैनी छन् ।
घाइतेहरुलाई उपचारको लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीको भनाइ छ ।
ठक्कर दिने टिपरसहित चालकलाई प्रहरी चौकी तारुकाले नियन्त्रणमा लिएको छ ।