बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

रिक्त रहेका छ देशमा श्रम सहचारी र काउन्सेलर नियुक्त

सोमबार, १२ भदौ २०७४, १० : ४२
सोमबार, १२ भदौ २०७४

काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले रिक्त छ देशहरुमा श्रम सहचारी र काउन्सेलर नियुक्त गरेको छ । 

श्रम सहचारी  खाली रहेका साउदी अरेबिया,कुबेत,युएइ ओमान र काउन्सेलरको पद खाली रहेका दुई देश दक्षिण कोरिया र मलेशियामा नयाँ कर्मचारी खटाएको छ । 

सरकारले दक्षिण कोरियाको लागि श्रम काउन्सेलरमा डिल्लीराम बास्तोलालाई नियुक्त गरेको छ । त्यस्तै मलेशियाका लागि बद्रीकुमार कार्की लाई तोकिएको छ । 

युुएईका लागि श्रम सहचारीमा मोतीराम भुसाल, ओमानका लागि कृष्णकुमारी गौली, कुवेतमा ज्ञानेन्द्र शर्मा र साउदी अरेबियाको लागि राजु कुँवरलाई नियुक्त गरेको छ । ।

सरकारले दक्षिण कोरिया र मलेशियाका लागि उप सचिव तहको निजामती कर्मचारीलाई काउन्सेलरमा नियुक्त गरेको छ । श्रम सहचारी  खाली रहेका साउदी अरेबिया, कुबेत, युएइ ओमानमा अधिकृत तहको कर्मचारीलाई नियुक्त गरेको छ । 

भाद्र दुईमा निकालिएको सूचनाका आधारमा श्रम मन्त्रलायमा कार्यरत आठ उपसचिव सहित १२ अधिकृतले अन्तर्वार्ताका लागि निवेदन दिएका थिए । तर प्रस्तुतिकरणमा जम्मा १२ जना मात्रै उपस्थित भएका थिए । मन्त्रालयले आवेदकहरुलाई भाद्र ७, ८ र ९ का लागि प्रस्तुतिकरणका लागि समय तोकेको थियो । 

बैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको समस्या सुन्ने र निराकरणको उपाय सुझाउने सरकारी कर्मचारीका रुपमा श्रम सहचारी नियुक्ति गर्ने गरिन्छ । 

दक्षिण कोरियाको लागि छनौट भएका डिल्लीराम बास्तोला इपिएस कार्यालयका पूर्व निर्देशक हुन् । मलेशियाका लागि नियुक्त भएका अर्का काउन्सेलर बद्रीबहादुर कार्की बैदेशिक रोजगार बिभाग र बैदेशिक रोजगार प्रबद्र्धन बोर्डमा कार्य गरिसकेका छन् ।

छनौट भएका अन्य श्रम सहचारीहरु श्रम मन्त्रलाय अन्तर्गतका अधिकृत तहका कर्मचारीहरु हुन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप