तोलामा ८० हजार नाघ्यो सुनको मूल्य, एकैदिन १५०० रूपैयाँ बढ्यो
सोमबार, १२ फागुन २०७६, १२ : ०७
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यले अर्को नयाँ रेकर्ड कायम गरेको छ । सोमबार छापावाल सुन तोलामा १५०० रुपैयाँले बढेर ८० हजार ३०० रुपैयाँ पुगेको छ ।
यसअघि आइतबार छापावाल सुन तोलामा ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ८० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता सोमबार रु ५ बढेर ९२५ रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।