सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
बुधबार, १४ फागुन २०७६, १२ : २५
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबार छापावाल सुन तोलामा ७९ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा ८० हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ७९ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा ९२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा ९०५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।