१३ वर्षीया किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ
बुधबार, १४ फागुन २०७६, १३ : ०७
गुल्मी । १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाग्लुङ निसिखोला गाउँपालिका-३ घर भई गुल्मी रुरु गाउँपालिका-४ चौतारामा बस्ने २३ वर्षीय तिल बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
बुढाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रिडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।