गोर्खाली नाईट-२ को लागि प्रचण्डकी नातिनीसहित एक दर्जन कलाकार दुबईमा
युएई। गोर्खाली नाईट -२ को लागि नेकपा अध्यक्ष प्रचण्डकी नातिनी स्मिता दाहालसहित एक दर्जन कलाकार दुबई आईपुगेका छन्।
शुक्रबार बरदुबई स्थित अस्ट्रेरिया होटलको एभरेष्ट क्लबमा हुन गइरहेको गोर्खाली नाईट -२ को लागि दाहालसहित ‘भ्वाइस अफ नेपाल सिजन२’का विजेता राम लिम्बु सहित विकास लिम्बु, आरिफ राओ, सनिश श्रेष्ठ र टप १० प्रतियोगी अञ्जु राना मगर ,नेपाली डान्सिङ रियालिटी शो ‘बुगीवुगी’ की विजेता कविता नेपाली, रबिन कुमार भुजेल र हाँस्य टेलिशृङ्खला ‘सक्कीगोनी’का हाँस्य कलाकार सुबोध गौतम दुबई आईपुगेका हुन्।
पछिल्लो समय नेपाली युवायुवतीको रोजाइमा परेका चर्चित गीत ‘ फूल होइन काँडा’ की गायिका प्रविशा अधिकारी पनि दुबई आईपुगेका छिन्।
उनीहरु हिमालयन एयरलाईन्सको उडानबाट आबुधावी हुँदै दुबई आइपुगेका आयोजक सदस्य मनोज गोर्खालीले रातोपाटीलाई बताए।
कार्यक्रमको लागि अन्य अतिथिहरु आउने क्रम जारी रहेको अर्का आयोजक मदन अधिकारीले बताए ।
कार्यक्रमको सञ्चालन भ्वाइस अफ नेपालका प्रस्तोता सुशील नेपालले गर्नेछन् ।