चैत ५ गतेभित्र नयाँ गभर्नर नियुक्त भैसक्नेछ: अर्थमन्त्री खतिवडा
बिहीबार, १५ फागुन २०७६, १६ : ३४
काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गर्भनर चैतको पहिलो साताभित्र नियुक्ति गरिने सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् । बिहिबार सिंहदरबार आयोजित सूचना तथा सञ्चार मन्त्रालयको नियमित पत्रकार सम्मेलन कार्यक्रम मार्फत मन्त्री खतिवडाले राष्ट्र बैंकको भावि गर्भनर चैतको पाँच गते भित्र नियुक्ति गरी सक्ने बताएका हुन् ।
मन्त्री खतिवडाले आफ्नै उदाहरण दिँदै अहिलेसम्म गर्भनर नियुक्तिमा एक महिना अघि नै नियुक्ति दिने चलन नभएको भन्दै आफु गर्भनर हुँदा पनि आफ्नो कार्यकाल सकिने भोलिपल्ट मात्र नयाँ गर्भरको नियुक्ति भएको उदाहरण पेस गरे ।
हालका गर्भर चिरन्जिवी नेपालको पाँच वर्षे कार्यकाल यहि आउँदो चैत ५ गते सकिँदै छ । अहिले यहि गर्भरको विषयलाई लिएर वित्तिय क्षेत्रमा चर्चा परिचर्चा भइरहेको छ ।