प्रियंका र आयुष्मानले गरे आजै बिवाह
बिहीबार, १५ फागुन २०७६, १६ : ४६
काठमाडौं । केही दिन अगाडि मेहेन्दी, संगीत समारोह आयोजना गरेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले बिवाह गरेका छन् । उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिवाह गरेका हुन् ।
अदालतमा एक अर्काेलाई माला लगाउँदै उनीहरुले कानूनी बिवाह गरेका छन् । उनीहरुको अदालती बिवाहमा पारिवारिक सदस्यको मात्र उपस्थिती रहेको थियो । बिवाहपछि अभिनेत्री कार्की र जोशीले सामाजिक सञ्जालबाट तस्बिर पोष्ट गर्दै कानुनअनुसार आफुहरु एक भएको जनाएका छन् ।
कानुनी रुपमा आज बिवाह गरे पनि प्रियंका र आयुष्मानले सामाजिक रुपमा भने शुक्रबार बिवाह गर्ने र आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि पनि सोही दिन पार्टी दिने बुझिएको छ ।