सातै वटा प्रदेशको मौसम पूर्वानुमानः कतै वर्षा, कतै हिमपात
शनिबार, १७ फागुन २०७६, ०८ : ०५
मौसम पूर्वानुमान महाशाखाले प्रादेशिक साप्ताहिक मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले शुक्रबारदेखि बिहीबारसम्म सातै वटा प्रदेशको मौसमको पूर्वानुमान जारी गरेको हो ।
महाशाखाले साताको शनिबार, आइतबार र बिहीबार हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।
यसैगरी, महाशाखाले शनिबार, आइतबार र बिहीबार पहाडी र तराईका केही क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।
पूवानुमानका अनुसार देशका अधिकांश भूभागमा न्यूनतम तापक्रम र अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ ।