मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अटो शोमा आई.एम.ई.को स्कुल बस प्रदर्शनीमा राखीने

सोमबार, १२ भदौ २०७४, १७ : ३४
सोमबार, १२ भदौ २०७४

काठमाडौं – नाडा अटो शो २०७४ मा आई.एम.ई ग्रुप अन्तर्गतको सवारी साधनहरुको कारोबार गर्ने एक भगिनी संस्था आई.एम.ई. मोटर्सले अशोक लेलैण्ड ब्राण्डका स्कुल बसको प्रर्दशनी गरेको छ । यस अटो शोमा ‘सनसाइन स्कुल बस’ प्रर्दशनीमा राखीने जनाएको छ ।

अशोक लेलैण्ड ब्राण्डका बस सेग्मेन्टअन्तर्गतको नयाँ गाडी ‘सनसाइन स्कुल बस’को यस नाडा अटो शो प्रर्दशनीेबाट नेपालमा आधीकारिक लन्च संगै बुकिङ्ग पनि लिन शुरु गरिने जनाएको छ । 

प्रदर्शनीमा राखीने उक्त बस इलेक्ट्रोनिक स्पिड मिटर, इमर्जेन्सी एक्जिट, एन्टी स्किड  करिङ्ग, फायर रेटर्डेण्ट इन्टेरियर, फस्ट एड बक्स, डोर ओपन अलार्म लगायत सुविधा रहेको कम्पनीले जनाएको छ ।

अशोक लेलैण्ड इण्डियामा निर्मित ब्राण्ड उत्कृष्ट ब्राण्ड भएको  कम्पनीको दावी छ । सुप्रसिद्व हिन्दुजा ग्रुपको इतिहास बोकेको यस ब्राण्डले नेपालमा अबका दिन अशोक लेलैण्डको बनाउने प्रतिबद्वताका अगाडि आएको कम्पनीले दावी गरेको छ । 

आई.एम.ई. मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेलैण्डका कर्मशियल गाडीहरुको युएसपी भनेकै यसका रेन्ज र प्रोडक्ट भेराइटी रहेको जानकारी समेत गराए। 

नेपाली बजारमा अशोक लेलैण्ड ब्राण्डका बस, ट्रक, टिपर र लाइट भेहिकलहरु पाइने जानकारी पनि उनले दिए । विगतमा स्पेयरर्स र सर्भिसको समस्याले उत्पिडित ग्राहकहरुलाई सुलभ र सहज तरिकाले बिक्रि पछिको सेवा दिने प्रतिवद्वता आई.एम.ई ग्रुपको भएको पनि उनको दावी थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप