मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरको क्वारेन्टाइनमा रहेका नेपाली २१ गते घर फर्किने

आइतबार, १८ फागुन २०७६, २२ : १०
आइतबार, १८ फागुन २०७६

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको उहानबाट उद्धार गरी यही ४ गते भक्तपुरको खरिपाटी र नगरकोटस्थित क्वारेन्टाइनमा राखिएका १९३ नेपालीको आज स्वास्थ्य परीक्षण एवं नाक र घाँटीको स्वाब सङ्कलन गरिएको छ । 
 
खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ नेपाली र नगरकोटको खानेपानी तालिम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाल वायुसेवा निगमको जहाजका चालकदलसहित १८ को क्वारेन्टाइनमा राखिएको आज १४औँ दिनमा नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणमा खटिनुभएका नेपाली सेनाका सहसेनानी डा नवीन फुँयालले जानकारी दिए । 

यसअघि यही ४ गते नै उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षणपछि आएको रिपोर्टमा कसैमा पनि कोरोनाको सङ्क्रमण नदेखिएको र अन्तिमपटक आज फेरि सबैको राष्ट्रिय प्रयोगशालाको टोलीले नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी परीक्षणका लागि लगेको उनले जानकारी द्रिए ।  

सङ्कलन गरिने स्वाब नमूना परीक्षणको रिपोर्ट आउन करिब तीन दिन लाग्ने भएकाले परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण भएको नदेखिएमा आगामी २१ गते उनीहरुलाई घर फर्काउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप