मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसबाट बच्न मास्क लगाउने विषयमा चीन र अमेरिकाको स्वास्थ्य निर्देशन बाझियो

आइतबार, १८ फागुन २०७६, १३ : ३७
आइतबार, १८ फागुन २०७६

कोरोना भाइरसका संक्रमितको संख्या बढ्न अमेरिकाको स्वास्थ्य निकाय ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सीडीसी)’ले नागरिकहरुलाई प्रकोपविरुद्ध सचेतना निर्देशन जारी गरेको छ । त्यसमा उल्लेख एउटा कुराले चिनियाँ मिडियामा चर्चा पाइरहेको छ । 

सीडीसीले कोरोनाभाइरस संक्रमितका लागि जारी गरेको विभिन्न निर्देशनमा बिरामी नभएका मानिसले मास्क लगाउन आवश्यक नरहेको बुँदाले चर्चा पाइरहेको छ । 

चिनियाँ सरकारी मिडिया पिपुल्स डेलीले यससम्बन्धमा समाचार लेखेर सीडीसीको निर्देशनपछि आम अमेरिकी नागरिकीको मनमा संस्थाप्रतिको विश्वसनीयतामै प्रश्न उब्जाएको बताएको छ । 

पिपुल्स डेलीको अनलाइन सस्करणमा यसबारेमा लेखिएको छ –कोरोनाभाइरस नियन्त्रणको लागि चीनको अथक प्रयास र चीनले जनताको जिउधन सुरक्षाका लागि गरेको प्रयासको पृष्ठभूमिमा अमेरिकी राजनीतिज्ञको हेलचेक्राईबाट धेरै स्तब्ध भएका छन् ।

फेब्रुअरी २८ मा सीडीसीले उसको आधिकारिक ट्वीटर एकाउन्टमा एक भिडियो सार्वजनिक गरेर कोरोनाभाइरसको लागि मास्क लगाउन नपर्ने बताएको थियो । 

‘कोरोनाभाइरस संक्रमितहरुको उपचारमा संलग्न स्वास्थ्य अधिकारी तथा विरामीसँग सम्पर्क हुन सक्ने उच्च जोखिममा रहेका व्यक्तिले अतिरिक्त सुरक्षा अपनाउनुपर्छ ।’ सीडीसी उक्त सन्देशमा बताएको थियो । 

चीनले भने आफ्ना नागरिकलाई कोरोनाभाइरस विरद्ध सुरक्षाका सबै विकल्प अपनाउन भनेको छ । उसले प्रकोपबाट अत्यन्त प्रभावित सहरलाई लकडाउन गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप