आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललिता निवास प्रकरण : राजदूत पौडेल फिर्ता बोलाइए

सोमबार, १९ फागुन २०७६, ०६ : ३५
सोमबार, १९ फागुन २०७६

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

ललिता निवास प्रकरणमा राजदूत पौडेलको नाम जोडिएपछि उनलाई फिर्ता बोलाउने निर्णय गरिएको हो ।

त्यसैगरी बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ भने महानगरीय कार्यकारी अधिकृत केदार न्यौपानेलाई भूमि सुधार मन्त्रालयमा सरुवा गरिएको छ ।

भूमि सुधारका सूर्य गौतमलाई संघीय मामिला र त्यहाँका सचिव यादव कोइरालालाई स्वास्थ्य मन्त्रालय सरुवा गरिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई भने उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप