आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

५५ वर्षीय बेलायती प्रधानमन्त्री बोरिसले ३१ वर्षे प्रेमिकासँग गरे ‘इन्गेजमेन्ट’, चाँडै नै पाँचौं सन्तानका पिता बन्दै

सोमबार, १९ फागुन २०७६, ११ : १०
सोमबार, १९ फागुन २०७६

बेलायतका ५५ वर्षीया प्रधानमन्त्री बोरिस जोनसोनले ३१ वर्षे प्रेमिका क्यारी साइमण्डस्सँग इन्गेजमेन्ट गरेका छन् । आगामी केही महिनामा बोरिस जोनसोन पितासमेत बन्न लागेका छन् । बोरिसका प्रेमिका क्यारी साइमण्ड्स अहिले गर्भवती छिन् । बेलायती मिडियाले यसबारे जानकारी दिएका हुन् ।

वास्तवमा बोरिस जोनसोन क्यारीसँग सरकारी निवासमा बस्छन् । उनीहरु केही वर्षदेखि सँगै छन् । बच्चाको जन्म अगावै जोनसोनले क्यारीसँग विवाह गर्ने अनुमान पनि गरिएको छ । यदि यसो हुँदा हो त बेलायतको २५० को इतिहासमा प्रधानमन्त्री पदमा रहँदा कुनै राजनेताले विवाह गरेको यो पहिलो घटना हुनेछ ।

स्थानीय मिडियाले लेखेको छ, ‘उनीहरु सायद यो कुरा केही थप समयका लागि लुकाएर राख्न चाहन्थे तर गर्भ बढ्दै जाँदा यो कुरा आफसे आफ सार्वजनिक हुने कुरा उनीहरुलाई थाहा थियो ।’

यस्तै द सनले लेखेको छ, ‘क्यारी यतिबेला पनि आफ्नो कामकाजमा लागिरहेकी छिन् । उनी केही पर्यावरण परियोजनामा काम गरिरहेकी छिन् ।’

स्मरण रहोस्, जोनसोनको दोस्रो श्रीमती मारिना ह्वीलरसँग सम्बन्धविच्छेद भइसकेको  छ । ह्वीलरसँग उनका चार सन्तान छन् । क्यारी जोनसोनकी तेस्री श्रीमती हुनेछिन् । बोरिसको पहिलो विवाह सन् १९८७ मा मोस्टिन ओवेनसँग भएको थियो । उनीहरुको विवाह सन् १९९३ सम्म चल्यो । त्यसपछि उनले सन् १९९३ मा भारतीय मूलकी ह्वीलरसँग दोस्रो विवाह गरेका थिए ।

क्यारीले इन्स्टाग्राममा लेखिन्, ‘हामी अत्यधिक खुसी महसुस गरिरहेका छौं’

क्यारीले इन्स्टाग्राम पोस्टमा लेखिन्, ‘तपाईंमध्ये धेरै मानिसहरुलाई यसबारे पहिले नै थाहा थियो । तर मेरा ती साथीहरु जसलाई अहिलेसम्म यसबारे थाहा छैन, उनीहरुलाई हामीले इन्गेजमेन्ट गरिसक्यौं भनेर जानकारी दिन चाहन्छु । यो वर्षको गर्मीको सुरुवातमा हाम्रो बच्चाको जन्म हुँदै छ । हामी अत्यधिक खुसी महसुस गरिरहेका छौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप