मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रास : लामो बिदा नबस्न चिकित्सकलाई आह्वान

सोमबार, १९ फागुन २०७६, १३ : ५३
सोमबार, १९ फागुन २०७६

काठमाडौं । नेपाल चिकित्सक संघले चीनको वुहानबाट फैलिएको नोवेल कोरोना भाइरसको संक्रमण नेपालमा पनि हुनसक्ने भन्दै सचेत रहन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा अनुरोध गरेको छ । 

संघका महासचिव बद्री रिजालले सोमबार एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले नेपाल पनि उच्च जोखिमको क्षेत्रमा राखेको भन्दै सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सचेत रहन अनुरोध गरेका हुन् । 

संघले यस संक्रमणले गर्दा आउन सक्ने प्रतिकूल अवस्थाको लागि लामोे बिदामा नबस्न तथा आआप्mना कार्यक्षेत्रमा तयारीका साथ रहन पनि चिकित्सकहरुलाई आह्वान गरेको छ । 

संघले बिहीबार सरोकारवालासँग यसबारे अन्तरक्रिया समेत गर्ने तय गरेको रिजालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप