मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

चीनबाट ल्याइएका १७५ नेपालीलाई आज घर पठाउने तयारी

सोमबार, १९ फागुन २०७६, १४ : ५८
सोमबार, १९ फागुन २०७६

काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरेको ल्याएको  नेपाली विद्यार्थी १६ दिनपछि आज घर पठाउने तयारी गरेको छ । 

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुलाई सोमबार घर पठाउने तयारी गरिएको हो । उनीहरुको नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गरिएको थियो भने रिपोर्टमा कोरोनाको संक्रमण नपाइएपछि घर पठाउने तयारी गरिएको हो । 

शनिबार नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षणका लागि लगिएको पठाइएकोमा सोमबार रिपोर्ट आउँदा कुनै संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

यसअघि विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली आइतबार क्वारेन्टाइन बसाइँ पूरा गरी आइतबरा घर फर्किएको थियो । 

नगरकोटको खानेपानी तालीम केन्द्रको क्वारेन्टाइनमा राखिएका नेपाली लिन चीन गएको जहाजका चालकसहित १८ जनाको शनिबार सङ्कलन गरिएको नाक र घाँटीको स्वाब परीक्षणको रिपोर्टमा कोरोना सङ्क्रमण नपाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको १५औँ दिनमा घर फर्काइएको हो । 

उनीहरुलाई क्वारेनटाइन राख्न हुँदैन भन्दै विरोध गर्ने स्थानीय बासिन्दा समेत पुगेर बिदाइ गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप