सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अस्पताल भर्नाअघि प्रधानमन्त्रीको भिडियो सन्देश आउने

सोमबार, १९ फागुन २०७६, १५ : १९
सोमबार, १९ फागुन २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल पुगेपछि भिडियो सन्देश जारी हुने भएको छ । ओली अस्पताल पुगेपछि रेकर्ड गरिएको सन्देश जारी हुने र त्यसमा देशबासीका नाममा केही सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । 

रेकर्ड गरिएको भिडियो प्रधानमनत्री अस्पताल पुगेपछि जारी गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्रीको बुधबार हुने मिर्गौला प्रत्यारोपणका लागि मंगलबार आज अस्पताल भर्ना हुदैछन् । प्रधानमन्त्रीको त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । त्यसअघि प्रधानमन्त्रीले भिडियो सन्देशमार्फत देशवासीका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्रीले बालुवाटारमा भेटघाट जारी राखेकाले कतिवेला अस्पताल पुग्ने भन्ने समय निश्चित भैसकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप